शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हिरापुर फाँटामा संरक्षित लोपोन्मुख प्रजातिको कृष्णसारलाई कुपोषण बाट जोगाउनका लागि प्रति दिन पोषणयुक्त आहार खुवाउने गरिएको छ । कृष्णसारलाई चोकर, पशुआहार, चना, मटमास लगायतका पोषणयुक्त आहार प्रति दिन पन्ध्र किलोका दरले खुवाउने गरिएको छ । पोषणयुक्त आहार संगै मिनरल्स र आन्तरिक परिजिवीको संक्रमणबाट जोगाउनका लागि तीन तीन महिनामा जुकाको औषधि खुवाउदै आएको…