डोटी। लगातारको वर्षाका कारण डोटीस्थित सेती नदीमा पानीको बहाव बढेको छ । नदीमा आएको बाढीले यहाँका बानीडुग्रीसैन, कालागाढ, रामपुर, घोल्तडा, भागेतडा, गोपघाट, नारीदाङलगायत ठाउँमा जमिन कटान गरिरहेको छ । बाढीले कटान गर्न थालेपछि अहिले रोकथामका लागि डोटीको दिपायलस्थित सशस्त्र प्रहरीको ३६ नम्बर गणको टोली परिचालन गरिएको छ । गएराति मात्र शिखर नगरपालिका–१० बानीडुग्रीसैनमा सेतीले कटान […]