सुदूरपश्चिम लगानी सम्मेलनको औचित्य

सुदूरपश्चिम प्रदेश सरकारले आगामी फागुन २३ र २४ गते लगानी तथा विकास सम्मेलन आयोजना गर्दै छ । प्रदेश सरकारको प्रयासमा निजी र सहकारी क्षेत्रलाई समेत आकर्षित गरी प्रदेशमा लगानीमैत्री वातावरण तयार गरेर विकासमा सबै पक्षसँग सहकार्य गर्ने उद्देश्य लगानी सम्मेलनको रहेको छ । मुलुक विकासका लागि साझा प्रयास गर्नु नै सम्मेलनको मुख्य ध्येय हो । सम्मेलनले सरकारी, निजी र सहकारी तीन वटै क्षेत्रलाई एकै स्थानमा ल्याई यस प्रदेशको विकासका