पञ्चेश्वर तीन महिनामा डीपीआर हुने प्रधानमन्त्रीको दाबी

काठमाडौं, २२ जेठ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पञ्चेश्वर परियोजना तीन महिनाभित्र डीपीआर हुने दाबी गरेका छन्। उनले सोमबार प्रतिनिधि सभा बैठकमा आफ्नो भारत भ्रमणबारे जवाफ दिँदै एक वर्षभित्र कार्यविधि पनि तयार हुने बताए। करिब १६ वर्षदेखि अलमल हुँदै आएको पञ्चेश्वर अब अघि बढ्ने उनले दाबी गरे। उनले यो परियोजनामा भारतीय एक्जिम बैंकले लगानी गर्ने बताए।