उच्चको न्यायाधीश नियुक्त हुने मुख्य रजिस्ट्रार घटुवा रोलक्रमको व्यवस्थामा बारको विरोध

काठमाडौं । उच्च अदालतमा नियुक्त हुने न्यायाधीशको रोलक्रमबारे ल्याइएको नयाँ व्यवस्थामा नेपाल बार एसोसिएसनले विरोध जनाएको छ । न्याय परिषद्ले सोमबार राजपत्रमा सूचना प्रकाशित गरी न्याय परिषद् नियमावली २०७४ का केही व्यवस्थाहरू संशोधन भएको जनाएको थियो । त्यसअनुसार उच्च अदालतमा न्यायाधीश नियुक्त हुने सर्वोच्च अदालतका मुख्य रजिस्ट्रारको वरियता मुख्य न्यायाधिशभन्दा ठीक पछाडि हुने व्यवस्था गरिएको […]