काठमाडौं : अर्थमन्त्री जनार्दन शर्माले नेपाल आवद्ध रहेका व्यापार सम्बन्धी विभिन्न अन्तराष्ट्रिय सन्धि सम्झौताहरु के कति देशको हितमा छन् भन्ने कुराको समिक्षा गर्न जरुरी रहेको बताएका छन्।बिहीबार भन्सार विभागको निरीक्षण गर्दै मन्त्री शर्माले भने,‘नेपालसमेत सहभागी भएका अन्तर्राष्ट्रिय व्यापार सम्झौताहरु नेपालको लागि परिणामुखी भए नभएको सम्बन्धमा अध्ययन जरुरी भइसकेको छ। तिनको अध्ययन समिक्षा गरेर आवश्यक कदम चाल्नुपर्ने अवस्था देखिएको छ।’मन्त्री शर्माले भन्सार प्रशासनलाई सरल र जनमुखी बन