भक्तपुरका प्रत्येक वडामा स्वास्थ्यसेवा केन्द्र

भक्तपुर नगरपालिकाले आजदेखि नगरपालिका भित्रका सबै वडामा आधारभूत स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा ल्याएको छ।

सम्बन्धित सामग्री

विकट गाउँ बेलचौरमा ‘स्वास्थ्य सेवा केन्द्र’

वालिङ, १४ वैशाख । स्याङ्जाको विकट मानिने गल्याङ–९ बेलचौरमा आधारभूत स्वास्थ्यसेवा केन्द्र सञ्चालनमा आएको छ । गाउँमा स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा आएपछि बेलचौर तथा आसपासका बासिन्दाले सामान्य स्वास्थ्य समस्याको उपचारका लागि टाढा जानुपर्ने बाध्यताको अन्त्य भएको छ । यहाँका बासिन्दामा स्वास्थ्यसम्बन्धी सामान्य समस्या देखिँदासमेत गल्याङ बजार तथा पाल्पाको हुँगी जानुपर्ने बाध्यतामा रहेको स्थानीय नरेन्द्रप्रसाद अर्यालले […]

हेल्थ असिष्टेन्टको भरमा स्वास्थ्य केन्द्र

भगवानपुर गाउँपालिकामा –१ मा रहेको प्राथमिक स्वास्थ्यसेवा केन्द्र एचएको भरमा चलिरहेको छ । आठ महिनादेखि चिकित्सक नहुँदा विरामीहरुले उपचार पाउन सकेका छैनन् भने विरामीको चापलाई सामान्य उपचार दिन समेत नसकिएको स्वास्थ्य केन्द्रले जनाएको छ ।

भक्तपुरका प्रत्येक वडामा स्वास्थ्यसेवा केन्द्र

भक्तपुर । भक्तपुर नगरपालिकाले बिहीवारदेखि नगरपालिकाभित्रका सबै वडामा आधारभूत स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा ल्याएको छ । नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिका–१ नःपली सिर्जनानगरको आधारभूत स्वास्थ्य सेवा केन्द्र उघ्घाटन गरी सबै वडाको केन्द्रको शुभारम्भ गरेका हुन् । प्रजापतिले भक्तपुर नगरपालिकाले शिशु स्याहारदेखि कलेज तहसम्मका शैक्षिक संस्था सञ्चालन गरी सस्तो र गुणस्तरीय शिक्षा प्रदान गर्ने देशकै एकमात्र स्थानीय तह रहेको दाबी गरे । नगरपालिकाले सामुदायिक शिक्षण संस्था खोलेर हजाराैं जनताका छोराछोरीलाई सस्तोमा उच्च शिक्षा अध्ययन गर्ने अवसर प्रदान गरेको उनले बताए । भक्तपुर नगरपालिकाले ख्वप विश्वविद्यालय सञ्चालन गर्ने लक्ष्यका साथ अगाडि बढिरहेको उल्लेख गर्दै उनले नगरवासीका लागि घरदैलो नर्सिङ सेवा पनि सुरु गर्ने योजना रहेको सुनाए । कार्यक्रममा भनपाका उपप्रमुख रजनी जोशीले यस नगरपालिकाले शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राख्दै विभिन्न शैक्षिक संस्था र स्वास्थ्य केन्द्र मात्र नभई अहिले सुविधायुक्त ख्वप अस्पताल सञ्चालनमा रहेको चर्चा गरिन् । सो अवसरमा सभापति एवं भक्तपुर नगरपालिका–१ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले नःपलीस्थित आधारभूत स्वास्थ्य सेवा केन्द्रमा चिकित्सकसहितको मातृत्व, बालरोग, सर्ने तथा नसर्नेलगायत स्वास्थ्य सेवा उपलब्ध हुने बताए । स्वास्थ्य सेवाको भवन निर्माणमा श्रमदान गर्ने सबै स्थानीयवासीको सहयोग रहेको बताए । कार्यक्रममा ख्वप अस्पतालका डा. रत्नसुन्दर लासिवाले आधारभूत स्वास्थ्य सेवा केन्द्रबाट बिहान ७ देखि दिउँसो २ बजेसम्म सेवा प्रदान गरिने बताए । नःपली सृजनानगर आधारभूत स्वास्थ्य सेवा केन्द्र भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष सम्झना प्रेमी, नःपली सृजना सेवा समाजका अध्यक्ष राममणि पोखरेल र वडा सदस्य सूर्यप्रसाद श्रेष्ठले स्वास्थ्य सेवाले पुर्‍याउने योगदानको बारेमा चर्चा गरे ।