पोखरा । गण्डकी प्रदेशसभामा रहेका दलहरु सर्वोच्च अदालतप्रति नजर लगाएर बसेका छन् । राष्ट्रिय जनमोर्चाले प्रदेशसभा सदस्य पदबाट बर्खास्त गरेका कृष्ण थापाले आफूमाथि भएको कारवाहीविरुद्ध सर्वोच्च अदालतमा शुक्रबार रिट दायर गरेका थिए । उक्त रिटमाथि आइतबार पेसी तोकिएको छ ।अदालतले रिट निवेदकको माग बमोजिम अन्तरिम आदेश दिने हो या होइन भन्ने विषयले प्रदेशसभाको अंकगणितलाई निकै ठुलो प्रभाव पार्ने भएकाले पनि दलहरु सर्वोच्च अदालततर्फ आँखा सोझ्याएर बसेका छन् ।गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले जेठ