कोरोना नियन्त्रणमा सरकारलाई गोर्खा ब्रुअरीको साथ, २० करोडभन्दा बढी रकमको स्वास्थ्य सामाग्री दिने तयारी

गोर्खा ब्रुअरीले सरकारलाई कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि २० करोडभन्दा बढीको सहयोग गर्ने भएको छ ।  सिंगापुरका २ वटा फाउन्डेशनसँग मिलेर ब्रुअरीले सरकारलाई २० करोडभन्दा बढी रकमको स्वास्थ्य सामाग्री सहयोग गर्ने भएको हो ।  सिंगापुरस्थीत तामासेक फाउण्डेसन, लोटस लाइफ फाउण्डेसनसँगको सहकार्यमा सरकारलाई स्वास्थ्य सामाग्री दिन लागिएको ब्रुअरीले जनाएको छ ।  ब्रुअरीले भेन्टिलेटर,​ बिपाप मशिन, प्लस अक्सिमिटर,​ फोर्टिट्युड किट्स यान्ड स्वाब स्वास्थ्य मन्त्रालयलाई सहयोग गर्न लागेको हो । ब्रुअरीले यस अघि पनि...