कांग्रेस–माओवादीको जोडी रहे प्रधानमन्त्रीको फिल्म फ्ल्प हुन्छः सांसद भट्टराई

काठमाडौं : नेकपा एमालेका सांसद योगेशकुमार भट्टराईले वर्तमान सत्ता गठबन्धन फेरबदल नभइ अर्थतन्त्र चलायमान बन्न नसक्ने टिप्पणी गरेका छन्। मंगलबार प्रतिनिधि सभाको बैठकमा सरकारले प्रस्तुत गरेका बजेटका सिद्धान्त र प्राथमिकताका बारेमा बोल्दै सांसद भट्टराईले वर्तमान गठबन्धन परिवर्तन नगर्ने हो भने देशको अर्थतन्त्र दुर्घटना हुने निश्चित रहेको बताएका छन्।उनले वर्तमान सरकारलाई विदेशी र नेपाली लगानीकर्ताले समेत विश्वास गर्न नसकिरहेको दाबी गरे। उनले अहिलेकै जोडी बनाइरहने हो भने प्रधानमन्त्रीको