न्यून गुणस्तरको खाद्य पदार्थ उत्पादन गर्ने उद्योगमाथि मुद्दा

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडाले न्यून गुणस्तरको खाद्य पदार्थ उत्पादन गर्ने आठ उद्योगमाथि गत आर्थिक वर्ष  २०७८/७९ मा मुद्दा दायर गरेको छ ।विभिन्न उद्योगबाट उत्पादित नमुनाको सङ्कलन गरी जाँच गर्दा मापदण्ड अनुसारको उत्पादन नभएकाले ती उद्योगमाथि सम्बन्धित जिल्ला अदालत र जिल्ला प्रशासन कार्यालयमा मुद्दा दायर गरिएको सो कार्यालयले जनाएको छ । कार्यालयले वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै गत आव र अघिल्लो आवको सात मुद्दाको फैसला भएकोमा चार मुद्दाको फैसला हुन् बाँकी रहेको बताइएको छ ।