बारामा प्रहरीको गोली लागेर एक भारतीयको ज्यान गयो, गाँजा तस्करीको आरोपमा एक जना पक्राउ

बारा - प्रहरीको गोली लागेर बारामा एक  भारतीय नागरिककाे ज्यान गएकाे छ ।  गएराति करिब सात/आठ जनाको समूहमा ७५ किलो गाँजा नेपालबाट भारततर्फ लगिरहेको सूचनापछि प्रहरी टोली तस्करको खोजीमा निस्किएको थियो । प्रहरीको टोलीलाई लक्षित गरी सिम्रौनगढ नगरपालिका–२ महुयाहीमा तस्करले एक राउन्ड गोली चलाएको र जवाफमा प्रहरीले चलाएको गोली लागि नाम खुल्न नसकेका भारतीय एक गाँजा तस्करको ज्यान गएको बाराका प्रहरी प्रवक्ता राजेश थापाले जानकारी दिनुभयो । गोली लागेर घाइते उनको कलैया अस्पतालमा उपचारका क्...