तलबी बिरामी बिदा नभएकाले महामारीमा काम गर्न कठिन

बिरामीहरूले आवश्यक हेरचाह पाउन र अन्यलाई संक्रमित नपारून् भन्ने विषय सुनिश्चित गर्न भौतिक दूरी कायम राख्नु कोभिड–१९ नियन्त्रणका लागि प्रमुख सहयोगी देखिन्छ । तर, विश्वका बहुसंख्यक कामदारलाई भौतिक दूरी कायम गराउँदै सिफ्टमा राख्नका लागि थोरै मात्र विकल्प छ । यो विषयमा इन्टरनेसनल ट्रेड युनियन कंग्रेसको निष्कर्ष भने चिन्ताजनक खालको छ । यसले महामारीमा रोजगारतादाको प्रतिक्रिया बुझ्न र सरकारको अनुगमन गर्नका लागि विश्वभरिका आफ्ना ८६ सदस्य मुलुकमा सर्भे गरेको थियो । अध्ययनका अनुसार केवल २१ प्रतिशत मुलुकले सबै वा केही कामदारलाई बिरामी बिदा उपलब्ध गराएका छन् । सर्भेमा सहभागीहरूमा ओईसीडीका ३६ मध्ये २८ र जी–२० का मुलुकहरूको १५ लगायतका विश्वका सर्वाधिक शक्तिशाली अर्थतन्त्र रहेका छन् ।