काभ्रे : प्रहरीले अवैध रूपमा बनाएको ५ हजार ६६ लिटर घरेलु मदिरा नष्ट गरेको छ।जिल्ला प्रहरी कार्यालय काभ्रे र इलाका प्रहरी कार्यालय बनेपाको टोलीले जिल्लाको छुट्टाछुट्टै स्थानमा बरामद गरेको घरेलु मदिरा नष्ट गरेको हो।जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीले हानिकारक पदार्थ मिसाई अवैध रूपमा मदिरा बनाइरहेको सूचनाको आधारमा छापा मारेकोे बताए।उनले जिल्लाको विभिन्न स्थानमा घरेलु मदिराका कारण समाजमा झैझगडा, अपराधजन्य गतिविधि बढेको पाइएकोले यसको न्यूनीकरण तथा नियन्त्रणका लागि का