एमिकस क्युरीबाट वरिष्ठ अधिवक्ता पाठकको राय– रिट खारेज हुनुपर्छ, निर्वाचनमा जाने निर्देशनात्मक आदेश होस्

वरिष्ठ अधिवक्ता उषा मल्ल पाठकले संसद विघटनसम्बन्धी रिट खारेज हुनुपर्ने राय दिएकी छिन् । नेपाल बारबाट विघटन मुद्दामा एमिकस क्युरीमा चयन भएकी पाठकले विघटनविरुद्धको रिटहरु खारेज गर्दै निर्वाचनमा जान निर्देशनात्मक आदेश हुनुपर्ने माग गरेकी हुन् । उनले संविधानको धारा ७६ को उपधारा ५ अनुसार सरकार गठन आह्वान हुँदा प्रधानमन्त्रीका लागि पेस भएका दुबै दाबी अस्वीकार गर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको निर्णय संविधानसम्मत समेत जिकिर गरिन् । उनले धारा ७६ को उपधारा ३ का प्रधानमन्त्रीले ४ को विश्वासको लिन