नेपाल राष्ट्र बैंकले डलर सटहीमा थप कडा गर्ने भएको छ । बैंकको विदेशी मुद्रा व्यवस्थापन विभागले मुद्रा सटही ऐनका लागि बनेको एकीकृत परिपत्र–२०७६ संशोधन गर्दै वैदेशिक रोजगारीमा जाने कामदारहरुको डलर सटही सुविधा घटाएको हो । बिहीबार परिपत्र संशोधन गर्दै बैंकले नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा जाने नेपाली नागरिकलाई राहदानी बापत अधिकतम अमेरिकी डलर २०० सम्म सटही सुविधा उपलब्ध गराउन ‘क’ र ‘ख’ वर्गका वाणिज्य बैंक र विकास बैंकलाई निर्देशन