भरतपुरका सहकारीलाई तोरी मिलदेखि कम्प्युटरसम्म अनुदान

भरतपुर महानगरपालिकाले रोजगारी सृजना गर्न सहकारी संघ संस्थाहरुलाई अनुदान स्वरुप विभिन्न सामाग्री हस्तान्तरण गरेको छ । महानगर प्रमुख रेनु दाहाल र उपप्रमुख पार्वती शाह ठकुरीले सहकारीहरूलाई समाग्री हस्तान्तरण गरेका हुन् । महानगर भित्रका ७ वटा सहकारीहरूलाई अनुदान स्वरुप १७ लाख रुपैयाँ बराबरको सामाग्री वितरण गरिएको हो । महानगरले समाज उत्थान कृषि सहकारी संस्था, सर्वोद्धय बहुउद्देश्यीय सहकारी संस्थालाई ५/५ लाख बराबरको तोरी मिल प्रदान गरेको छ । यस्तै भागिरथी दुग्ध उत्पादक सहकारी संस्थालाई २ लाखको सा