काभ्रेपलाञ्चोक : काभ्रेपलाञ्चोक जिल्ला अदालतले आर्थिक वर्ष २०७९÷८० मा मुद्दा फर्छ्यौटको लक्ष्य पूरा गरेको छ। बितेको आवमा दुई हजार तीन सय १३ मुद्दा फर्छ्यौटको लक्ष्य लिएकामा दुई हजार तीन सय १४ मुद्दा फर्छ्यौट गरेको अदालतले जनाएको छ।ती मुद्दा फर्छ्यौट एवं कार्यान्वयनका क्रममा आठ सय ७६ वर्षको कैद असुल गरिएको छ। उक्त आवमा असुल गर्नुपर्ने दुई हजार एक सय ७० वर्ष आठ महिना कैदमध्ये आठ सय ७६ वर्षको कैद असुल भएको हो भने एक हजार दुई सय ९४ वर्ष आठ महिना कैद असुल गर्न बाँकी रहेको अदालतका श्रेस्त