चिनियाँ अर्बपति ज्याक माको कम्पनीलाई एक अर्ब डलरभन्दा धेरै जरिबाना

चिनियाँ अर्बपति ज्याक माको कम्पनी एन्ट ग्रुपलाई चीनको वित्तीय नियमनकारी निकायहरूले एक अर्ब अमेरिकी डलरभन्दा धेरै जरिबाना तोकेको छ ।विभिन्न वित्तीय कानुन र निर्देशिकाहरूको पालना नगरेको भन्दै एक अर्ब अमेरिकी डलर भन्दा धेरै जरिबाना तोकिएको बीबीसीले जनाएको छ ।हाङझाउमा रहेको एन्ट ग्रुपसँग अलीपेलगायत विभिन्न प्रमुख चिनियाँ प्लाटफर्महरूको स्वामित्व छ । चीन सरकारले सन् २०२० को मध्यतिर आईपीओ निष्कासन प्रक्रिया रोकिदिएपछि त्यतिबेला तीन सय अर्ब डलरभन्दा माथि कुल मूल्य रहेको अनुमान गरिएको एन्ट ग्रुपको पछिल्लो कुल मूल्य घटेर झन्डै...