जीतपुर सिमरा उपमहानगरद्वारा खोलाजन्य वस्तुको ‘घाटगद्दी’ प्रमाणित गर्न आलटाल

मापदण्ड विपरीत खोला दोहन गरेर ‘अवैध’ रुपमा थुपारिएको गिटी, ढुंगा, बालुवाको थुप्राहरू नापजाँच गर्न जीतपुर सिमरा उप-महानगरपालिकाले आलटाल गरेको छ । ‘चुरे पहाड’को स्वरुपमा  ठाउँ ठाउँमा थुपारिएको  गिटी ढुंगा बालुवा नापजाँच गर्न  चौतर्फी दवाव दिएपनि उपमहानगरले आलटाल गर्दै आएको छ ।  खोलाबाट अवैध ढंगले उत्खनन गरेर नदीजन्य वस्तु उपमहानगर भित्रकै क्रसर,बालुवा उद्योग,नदी उकासका सार्वजनिक जग्गा र खेतीयोग्य उब्जाउ जग्गामा अनुमती विना ठेकेदारले घाटगद्दी गर्दै आ