आगलागीका घाइते रानाको मृत्यु

सल्यान : सल्यानको कुमाख गाउँपालिका–४ भण्डारखोलामा भएको आगलागीमा परी गम्भीर घाइते भएका यज्ञ रानाको उपचारका क्रममा मृत्यु भएको छ।भारतको लखनउमा उपचार हुन नसकेपछि फर्काइएका २६ वर्षीय रानाको भेरी अस्पताल नेपालगञ्ज उपचारका क्रममा आइतबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालले जानकारी दिए।गत सोमबार राति भण्डारखोलामा रहेको किराना पसलमा आगलागी हुँदा ५ जना घाइते भएका थिए। पसल सञ्चालक २४ वर्षीय शंकर राना सहित २६ वर्षीय यज्ञ राना, २१ वर्षीय जीवन राना, २० वर्षीय सञ्जीव श

सम्बन्धित सामग्री

मोटरसाइकलको ठक्करबाट घाइते महिलाको मृत्यु

मोटरसाइकलको ठक्करबाट घाइते भएकी एक जना महिलाको उपचारका क्रममा मृत्यु भएको छ।

मोटरसाइकलको ठक्करबाट घाइते महिलाको मृत्यु

एक साताअघि मोटरसाइकलको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा रौतहटकी ४० वर्षकी रीतादेवी दास रहेकी छिन्।...

दुर्घटनामा घाइते चालकको मृत्यु

खोटाङमा सोमबार विहान सवारी दुर्घटनामा परेर घाइते भएका चालकको मृत्यु भएको छ।

चट्याङ लागेर एक जनाको मृत्यु, दुई घाइते

ताप्लेजुङ : चट्याङ लागेर एकजनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन्। बिहीबार चट्याङ लागेर मेरिङदेन गाउँपालिका–२ सान्थाक्राका १५ वर्षीय लालकुमार शेर्पाको मृत्यु भएको हो। मकै गोड्ने क्रममा चट्याङ लागेर शेर्पाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। चट्याङ लागेर सोही ठाउँका १९ वर्षीय निमतेम्वा शेर्पा र १२ वर्षीय निमल्हमु शेर्पा  सामान्य घाइते भएका हुन्।घाइते दुवै स्थानीय स्वास्थ्यचौकीमा  उपचारपछि घर फर्किएको प्रहरीले जनाएको छ।

कुटपिटबाट घाइते भएका शाहीको मृत्यु

हुम्ला । हुम्लाको खार्पुनाथमा कुटपिटबाट घाइते भएका ६० वर्षीय छत्रबहादुर शाहीको मृत्यु भएको छ । आफ्नै घर बाहिर बसिरहेका बेला एक समूहको कुटपिटबाट गम्भीर घाइते भएका शाहीको उपचारका क्रममा नेपालगन्जको नर्सिङ होममा मृत्यु भएको हो । सख्त घाइते भएका शाहीलाई हेलिकप्टरबाट उपचारका लागि सिमकोट ल्याइएको थियो । जिल्ला अस्पताल सिमकोटमा उपचार हुन नसकेपछि सुर्खेत रेफर […]

सोलुखुम्बु झडप : घाइते युवाको मृत्यु

सोलुखुम्बुमा काँग्रेस र माओवादी कार्यकर्ताबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ । सोताङ गाउँपालिकामा एक विरामी मतदातालाई घर लैजाने विषयमा विवाद बढ्दा भएको झडपमा घाइते भएका सुदीप राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।हिजो राति भएको घटनामा घाइते राईको फाप्लु अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । राईको ढुंगा प्रहारबाट टाउकोमा गम्भीर चोट लागेको थियो । झडपमा काँग्रेसका कार्यकर्ता पनि घाइते भएका छन् । घटनामा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सर्लाहीमा आमाको मृत्यु, छोरा घाइते

सर्लाहीमा एउटा टैंकरले मोटरसाइकललाई ठक्कर दिँदा एक जना महिलाको मृत्यु भएको छ भने एक जना युवक घाइते भएका छन्। दुर्घटनामा मृत्यु र घाइते हुने आमा–छोरा रहेका छन्।...

चट्याङबाट तीन जनाको मृत्यु, पाँच जना घाइते

काठमाडौं। पछिल्लो चौबीस घण्टामा देशका आठ स्थानमा परेको चट्याङ लागेर तीन जनाको मृत्यु् भएको छ भने ५ जना घाइते भएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकाअनुसार चट्याङ लागेर पाल्पामा एक जनाको मृत्यु र दुई जना घाइते, रोल्पामा एक जनाको मृत्यु र एक जना घाइते, सुनसरीमा एक जनाको मृत्यु भएको छ। यस्तै, दैलेखमा दुई जना घाइते भएका छन्।

दाउन्नेमा दुर्घटनामा घाइते भएका तीन जनाको मृत्यु

काठमाडौं। पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरस्थित दाउन्नेमा भएको बस दुर्घटनामा परी घाइते भएकामध्ये तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएकामध्ये दुई महिला र एक पुरुषको उपचारका क्रममा मृत्यु भएको हो ।दुर्घटनामा परी घाइते भएका ३१ जनामध्ये इलामकी २५ वर्षीया धनु दर्लामी, मकवानपुरकी ५७ वर्षीया ज्यामो हिसे छमो ग्याल्मो र चितवनका ७२ वर्षीय हिमलाल न्यौपानेको मृत्यु भएको हो ।

दाउन्नेमा दुर्घटनामा घाइते भएका तीन जनाको मृत्यु

काठमाडौं। पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरस्थित दाउन्नेमा भएको बस दुर्घटनामा परी घाइते भएकामध्ये तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएकामध्ये दुई महिला र एक पुरुषको उपचारका क्रममा मृत्यु भएको हो ।दुर्घटनामा परी घाइते भएका ३१ जनामध्ये इलामकी २५ वर्षीया धनु दर्लामी, मकवानपुरकी ५७ वर्षीया ज्यामो हिसे छमो ग्याल्मो र चितवनका ७२ वर्षीय हिमलाल न्यौपानेको मृत्यु भएको हो ।