गौर : मतदातालाई प्रलोभनमा पर्न खाजेको आरोपमा ८ जनालाई नगद र छाप लागेको नमुना मतपत्र सहित संयुक्त सुरक्षा गस्ती टोलीले रौतहटका विभिन्न ठाउँबाट नियन्त्रणमा लिएको छ।पक्राउ पर्नेमा जनता समाजवादी पार्टीका क्षेत्र नम्वर ४ प्रदेश सभा (ख) का उम्मेदवार फुलबाबु भन्ने अबुल कलाम आजादका कार्यकर्ता रहेको बताइएको छ।उनीहरूलाई शुक्रबार राति नै नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। रौतहटको गढीमाई नपा-४ मा प्रहरी निरीक्षक अरविन्दकुमार साहको नेतृत्वमा रहेको गस्ती टोलीले वीआर ३० एवी ७५२० नम्बरको कार चेकजाँच गर्दा प्र