काठमाण्डौमा 'प्लस टु' का विद्यार्थी लक्षित विशेष ट्राफिक अभियान, एकैदिन १ सय १८ जनालाई कारबाही

काठमाण्डौ  - काठमाण्डौ उपत्यकामा प्ल टु का विद्यार्थीलाई लक्षित गरी विशेष ट्राफिक अभियान सुरु भएको छ । हिजोदेखि सुरु भएको अभियान बिहान ५ बजेदेखि ७ बजेसम्म चल्नेछ । अभियान सुरु भएको हिजो एकैदिन १ सय १८ जना विद्यार्थी कारबाहीमा परेका छन् । कारबाहीमा परेकामध्ये ६१ जनासँग सवारी चालक अनुमति पत्र लाइसेन्स नभएको पाइएको छ । यस्तै, सवारी दर्ता किताब बिलबुक नबोकी मोटरसाइकल चलाउने ३९, मोटरसाइकलमा तीन जना चढेको कसुरमा ७ जना र हेलमेट नलगाइ मोटरसाइकल चलाउने एक जनालाई कारबाही भएको छ । त्यसैगरी, अन्य ट्राफिक...