मधेस प्रदेशको प्रशासनिक भवन निर्माणका लागि जग्गा छनोट

मधेस प्रदेश सरकारको प्रशासनिक भवनको स्थायी संरचना निर्माणका लागि जग्गाको छनोट गरिएको छ । मधेस प्रदेशको स्थायी राजधानी जनकपुरधाम घोषणा भएको वर्ष दिन नबित्दै सरकारले प्रशासनिक भवन निर्माण गर्नका लागि जग्गा छनोट गरेको हो ।प्रदेश सरकारको प्रशासनिक भवन, मन्त्रालय, मुख्यमन्त्री, मन्त्रीहरुको आवासका लागि स्थायी भौतिक संरचना जनकपुर चुरोट कारखाना लिमिटेड (जसलाई अहिले मधेस भवन नामाकरण गरिएको छ) परिसरभित्रै निर्माण गर्न उच्चस्तरीय समितिले प्रतिवेदन तयार गरेको छ । जनकपुरधाममा ३५ बिघा क्षेत्रफल जग्गामा रहेको