नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जनता समाजवादी पार्टी संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ। बिहीबार बिहान उपराष्ट्रपति नन्दबहादुर पुनको निवासमा अध्यक्ष प्रचण्ड र भट्टराईबीच भेटवार्ता भएको हो ।भेटवार्तामा अध्यक्षद्वयबीच समसामयिक राजनीतिक परिस्थितिका विषयमा छलफल भएको माओवादी केन्द्र निकट स्रोतले बताएको छ । पछिल्लो समय जसपाभित्र चुलिएको विवादका कारण पार्टी विभाजनको संघारमा पुगेको छ ।पार्टीभित्र विवाद चर्किएका बेला अध्यक्ष भट्टराइले दाहालसँग गरेको भेट