हिमाल खरेल, झापा राष्ट्रिय टोलीका फरवार्ड विमल घर्तीमगरको दुई गोलसँगै रेडपाण्डा फुटबल क्लबलाई ५-१ ले पराजित गर्दै घरेलु टोली झापा-११ फुटबल क्लब बिर्तामोडमा जारी पाँचौ झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । विहीबार भएको अन्तिम क्वाटरफाइनलमा सिक्किमको रेडपान्डा फुटबल क्लबविरुद्ध विमलले २ गोल गर्दा कप्तान विशाल राई बी र विश्वास श्रेष्ठले १-१ गोल गरे । […]