काठमाडौँ- नेपाल राष्ट्र बैँकका गभर्नर महाप्रसाद अधिकारीको शैक्षिक योग्यता नपुगेको भन्दै नेकपा (माओवादी केन्द्र) निकट योङ कम्युनिष्ट लिग (वाइसिएल) ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता गरेको छ। गभर्नर हुनका लागि कम्तीमा स्नातकोत्तर प्राप्त गरेको व्यक्ति हुनुपर्ने प्रावधान भए पनि गभर्नर अधिकारीले कुनै पनि विषयमा स्नातकोत्तर पास नगरेको वाइसिएलको उजुरीमा उल्लेख छ। वाइसिएलका संयोजक सुमन […]