सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विकासबिनाको राजनीति खोक्रो भाषणमात्र हुने बताएका छन् । सुनसरीको बराह क्षेत्र नगरपालिका–७ स्थित सप्तकोसी बहुमुखी क्याम्पसमा शनिबार आयोजित प्राध्यापक संघको पदभार ग्रहण तथा बस उद्घाटन कार्यक्रममा उनले जनताको सेवा र देशको समृद्धिका लागि आफू राजनीतिमा लागिपरेको बताए ।