'लम्पी स्किन' ले गाईभैँसी मरेपछि किसान चिन्तामा, महामारी घोषणा गर्न विज्ञको सुझाव

काठमाण्डाै – बैतडीको दोगडाकेदार गाउँपालिका वडा नम्बर ६ सित्तडका मानसिंह कार्कीको खेतभरि अहिले पानी छ । तर रोपाइँ भने हुन सकेको छैन । रोपाइँका लागि खेत जोत्न उहाँको घरमा एक हल गोरु थिए । तर लम्पी स्किन रोगका कारण एउटा गोरु मरेपछि उहाँको खेत बाँझै छ । अब खेत रोप्न अरूको गोरुको भर पर्नु परेको छ । तर गाउँभरि लम्पी स्किन फैलिएपछि गाउँकै अवस्था उहाँको जस्तो छ । यसअघि गाउँमा १५ दिनअघि नै रोपाइँ सकिन्थ्यो । तर अब अहिले सबै कसका गोरु सद्दे छन् र कहिले आफ्नो रोपाइँको पालो आउला भनेर कु...