जापोरिजिया आणविक संयन्त्र जाने बिजुली अवरुद्ध, कर्मचारीको सतर्कताले ठूलो दुर्घटना टर्यो

रूसी–नियन्त्रणमा रहेको युक्रेनस्थित जापोरिजिया आणविक ऊर्जा संयन्त्र बिहीबार संयन्त्रको इतिहासमा पहिलोपटक पावर ग्रिडबाट कट्यो ।  घटनाप्रति ध्यानाकर्षण भएको बताउँदै संयुक्त राष्ट्रसंघले विजुलीको आपूर्तिमा हुने अवरोधले आणविक दुर्घटनाको जोखिम बढ्ने चेतावनी दिएको छ । बिहीबार साँझसम्म संयन्त्रमा जाने विद्युत सुचारु भएको भएपनि जोखिम कायम रहेको संयुक्त राष्ट्रसंघीय निकाय अन्तर्राष्ट्रिय आणविक उर्जा एजेन्सी(आईएईए)ले बताएको छ ।  युक्रेनको सरकारी आणविक उर्जा कम्पनी एनरगोएटोमका अनु