सन् २०१८ को पहिलो तीन महिनामा २ लाख ८६ हजार ८ सय २८ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेको छन् । जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ११.४६ प्रतिशतले बढी हो । तीन महिनामा नेपाल पर्यटक आउने पर्यटक संख्यामा चिनियाँले भारतीयलाई उछिनेका छन् । विगतमा सधैजसो भारतीय पर्यटक बढी आउने गरे पनि चिनियाँ पर्यटक नेपालमा बढी भित्रिएका हुन् ।