धनुषामा महिलाको हत्या, श्रीमान् पक्राउ

काठमाडौं : धनुषाको बटेश्वर गाउँपालिकामा घरमै सुतिरहेको अवस्थामा एक महिलाको हत्या भएको छ।बटेश्वर ५ शान्तिपुरकी २७ वर्षीया रितादेवी यादवको हत्या भएको धनुषाका प्रहरी नायब उपरीक्षक प्रदीप क्षेत्रीले जानकारी दिए।गएराति धारिलो हतियार प्रहार गरी यादवको हत्या भएको प्रहरीले जनाएको छ। हत्या गरेको आशंकामा श्रीमान् वीरेन्द्र यादवलाई नियन्त्रणमा लिएको डीएसपी क्षेत्रीले जानकारी दिए।गम्भीर  घाइते भएकी रितादेवीलाई वीरन्द्रले उपचारका लागि भन्दै अस्पताल पुर्‍याएका थिए। अस्पताल पुग्नु अघि नै रितादेवीको मृ

सम्बन्धित सामग्री

सिरहामा खुकुरी प्रहार गरी एक महिलाको हत्या, श्रीमान् पक्राउ

१ चैत, जनकपुरधाम । सिरहामा खुकुरी प्रहार गरी एक महिलाको हत्या भएको छ । सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका ६ सितापुरकी अन्दाजी ४० वर्षीया कुनिया देवी दासको आज साढे ३ बजेतिर हत्या भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रवक्ता  डिएसपी रविन्द्र राज पाण्डेले बताए । डिएसपी  पाण्डेका अनुसार श्रीमान् श्रीदेव दासले कुनिया देवीको घाँटीमै खुकुरी प्रहार गरी […]

मादकपदार्थ सेवन गरी आक्रमण, श्रीमतीको हत्या आरोपमा पक्राउ

काठमाडौं । ओखलढुंगामा एक महिलाको हत्या आरोपमा उनकै श्रीमान् पक्राउ परेका छन् । ३३ वर्षीया कल्पना खड्का राईको हत्या गरेको आरोपमा सिद्धिचरण नगरपालिका–११, सोब्रु बस्दै आएका सोलुखुम्बुको नेचासल्यान गाउँपालिकाका ६१ वर्षीय रामबहादुर राई पक्राउ परेका हुन् । शुक्रबार साँझ प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । रामबहादुरले मादकपदार्थ सेवन गरी आफ्नै श्रीमतीसँग विवाद...

मोरङमा आगो लगाएर महिलाको हत्या, श्रीमान् पक्राउ

शुक्रबार राति घरायसी विवादमा तिलकले श्रीमती बबितालाई मट्टितेल छर्केर आगो लगाएको प्रारम्भिक अनुसन्धानबाट देखिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिनुभयो ।

घरायसी विवादमा सिलौटो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ

आइतबार राति साढे ११ बजे लालबन्दी नगरपालिका वडा नम्बर २ नवलपुर पुनर्वास घर भई हरिवन नगरपालिका वडा नम्बर ११ बस्ने एक महिलाको हत्या भएको हो।