एजेन्सी।पूर्वी जेरुसेलममा यहुदीहरुले जुुलुस प्रदर्शन गर्दा नारा घन्किएको थियो–अरब मुर्दावाद।उक्त नारा सुनेपछि इजरायलका विदेशमन्त्री येर लेपिड रिसाउँदै त्यसको निन्दा समेत गरेका छन्।जेरुसेलमलाई प्यालेस्टाइन र इजरायलले दाबी गर्दै आएका छन्।लेपिडले आफ्नो रिस ट्वीटर मार्फ यसरी व्यक्त गरेका थिए,“यहूदी यस्ता हुँदैनन्।यो इजरायलको लागि पनि ठीक छैन। हाम्रो झण्डाले पनि यस्तो भन्न अनुमति दिँदैन। हातमा इजरायली झण्डा लिएर अरब मुर्दाबाद कसरी भन्न सकिन्छ?”