नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले नेपाली जनताले अहिले पनि नातागोता तथा जातका आधारमा भोट दिने गरेको बताएका छन् । नेपाल मजदुर किसान पार्टीको ३३ औँ केन्द्रीय परिषद्को बैठकमा उनले धर्म, जात, भाषामा विभाजित हुन नहुने बताएका हुन् ।धर्म तथा ईश्वरमा विश्वास गर्ने र जातजाति तथा भाषाभाषीमा विभाजित पुरानो समाजमा तत्काल आमूल परिवर्तन ल्याउन नसकिने बताउँदै उनले कुनै पनि पार्टी सङ्गठन भएको ठाउँमा मात्र सैद्धान्तिक मत आउने भनाइ राखे ।बिजुक्छेले भने, “जातका आधारमा सङ्गठन गर्नु गलत ह