चुडाल र सुवेदीको नाम न्यायाधीशमा सर्वसम्मतले अनुमोदन

काठमाडौं। संसद् संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि सिफारिश गरिएका दुई न्यायाधीशको नाम अनुमोदन गरेको छ। आज बसेको समितिको बैठकले डा. कुमार चुडाल र नहकुल सुवेदीको नाम सर्वसम्मतिले अनुमोदन गरेको हो। सरकारले केही दिनअघि उनीहरूको नाम सर्वोच्चको न्यायाधीशमा सिफारिस गरेको थियो। समितिका सभापति लक्ष्मणलाल कर्णका अध्यक्षतामा बसेको समितिको बैठकले आज सुनुवाइ गरेको हो।