काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारीमा गएका नेपालीहरूलाई सम्झौताअनुसार सेवासुविधा नदिने कम्पनीलाई कालो सूचीमा राखिने बताएका छन् । मन्त्रीको सचिवालयकाअनुसार वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिसँग वैदेशिक रोजगारी र पुनःएकीकरणबारे मन्त्रालयमा सोमबार भएको छलफलमा मन्त्री श्रेष्ठले सम्झौताअनुसार सेवासुविधा नदिने कम्पनीलाई कालोसूचीमा राखिने र आगामी दिनमा त्यस्ता कम्पनीमा कामदार नपठाइने बताएका हुन् […]