अमेरिकी सहायता परियोजना एमसीसीले सत्ता गठबन्धन नै भत्किन आँटेका बेला बिहीबार दिउँसो माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच सिंहदरबारमा भेट भयो । छलफल सकेर निस्किएका नेपाललाई पत्रकारहरुले घेरा हालेर प्रश्न सोधे, तर नेपाल तर्किए ।