चिरख्वा हाइड्रोपावरको शेयर रजिष्ट्रारमा आरविवि मर्चेन्ट बैंकिङ्ग नियुक्त

काठमाडौं । चिरख्वा हाइड्रोपावर लिमिटेडले शेयर रजिष्ट्रारमा आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडलाई नियुक्त गरेको छ । कम्पनीले कात्तिक १६ गतेदेखि लागू हुने गरी शेयर रजिष्ट्रारमा आरविवि मर्चेन्ट बैंकिङ्गलाई नियुक्त गरेको हो । अब कम्पनीको सम्पूर्ण धितोपत्र कारोबारसम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारीलगायत सम्पूर्ण कार्यहरू आरविवि मर्चेन्टको काठमाडौंको टेकुस्थित कार्यालयबाट हुनेछ । कम्पनीको आईपीओ निष्कासन तथा बाँडफाँट गरी सूचीकरण प्रक्रियामा छ ।  सूचना हेर्न यहाँ क्लिक गर्नुहोस्