बेनी : दक्षिण कोरियामा पाँच वर्ष बसेर स्वदेश फर्केका म्याग्दीको बेनी नगरपालिका–५, बगुवाखोलामा सुनिल बानियाँ र निरुता भण्डारीले सुरु गरेको बंगुरपालन यो क्षेत्रकै नमूना बनेको छ।वैदेशिक रोजगारका लागि रोजगार अनुमति प्रणालीमार्फत दक्षिण कोरियामा पाँच वर्षभन्दा बढी बंगुर फार्ममा काम गरेर फर्किएका बानियाँले विदेशमा कमाएको रकम बंगुरपालनमा खर्चिएका हुन्।उनले करिब एक वर्षअघि रु. ३५ लाख लगानी गरेर बंगुर फार्म सुरु गरेका हुन्। अहिले उनको खोरमा ल्यान्ड्रेस र योर्कसायर जातका ६० वटा बंगुर हुर्किरहेका छन्