स्वास्थ्य बिमा कार्यक्रमले हैरानीमा कर्मचारी - Naya Patrika

जनतालाई स्वास्थ्य सेवाको सहज पहुँचभित्र ल्याउने उद्देश्यअनुरूप सुरु गरिएको स्वास्थ्य बिमा कार्यक्रममा कुन–कुन रोगको उपचार सेवा दिने निश्चित नहुँदा कार्यान्वयनमा समस्या भएको छ । सेवाग्राहीले बिमा रकमभन्दा बढीको उपचार खोजेपछि...पूरा पढ्नुहोस् »

सम्बन्धित सामग्री

स्वास्थ्य बिमा कार्यालय बन्द

२०७४ मा सरकारले स्वास्थ्य बिमा कार्यक्रम लागू गरेपछि महोत्तरीको बर्दिवासमा कार्यालय स्थापना गरियो । कार्यालयमा सुरुमा एक कर्मचारी पठाएको बिमा बोर्डले गत वैशाखबाट २ जना कर्मचारी खटिए ।

स्वास्थ्य बिमा सेवा लिनै सास्ती

सुर्खेतस्थित प्रदेश अस्पतालमा दैनिक नौ सयभन्दा बढी बिरामी उपचारका लागि आउने गरेका छन् । यहाँ बिमा सेवा लिन भने सेवाग्राहीलाई समस्या रहेको छ । वीरेन्द्रनगर नगरपालिका–९ की ३८ वर्षीया जानकी बुढाले स्वास्थ्य बिमा सेवा लिन निकै झन्झटिलो लागेको बताउनुभयो । उहाँका अनुसार कागजपत्र नमिलेको भन्दै झन्झट र दुःख दिने गरिएको छ । अस्पतालमा सेवा लिन लगातार तीन दिनसम्म धाउँदा पनि सेवा लिन सहज भएन । वीरेन्द्रनगर नगरपालिका–३ का ४१ वर्षीय जीवन शाहीले स्वास्थ्य बिमा कार्यक्रम राम्रो भए पनि प्रक्रिया झन्झटिलो र व्यवस्थापन कमजोर हुँदा सेवा लिन सास्ती भएको बताउनुभयो । प्रदेश अस्पतालका स्वास्थ्य बिमा ‘फोकल पर्सन’ रामप्रसाद भण्डारीले बिमाको प्रक्रिया झन्झटिलोभन्दा पनि यसबारे बीमितलाई बुझाउन नसक्दा समस्या भएको बताउनुभयो । उहाँका अनुसार जनशक्तिको अभाव र नागरिकमा प्रक्रियाबारे ज्ञान नहुँदा सेवा प्रवाहमा समस्या हुने गरेको हो । दैनिक पाँच सयदेखि आठ सयको हाराहारीमा स्वास्थ्य बिमाका सेवाग्राही प्रदेश अस्पतालमा आउने गरेका छन् । कर्मचारी अभावका कारण भने एक कर्मचारी बराबर दुईदेखि साढे दुई सय सेवाग्राहीलाई सेवा दिनुपर्ने अवस्था छ ।

कर्मचारी र जनप्रतिनिधिकै छैन स्वास्थ्य बिमा - Naya Patrika

बैतडीका अधिकांश जनप्रतिनिधि र सरकारी कर्मचारीले स्वास्थ्य बिमा गराएका छैनन् । जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन भएको एक वर्ष पुगिसक्दा पनि निजामती कर्मचारी र जनप्रतिनिधिले बिमा नगरा