पुनर्कर्जाको सीमा हेरफेर गर्न गभर्नरलाई ‘विशेषाधिकार’

नेपाल राष्ट्र बैंकको आइतबार सार्वजनिक पुनर्कर्जा कार्यविधि, २०७७ को पहिलो संशोधनले पुनर्कर्जाको सीमा हेरफेरका लागि गभर्नरलाई विशेषाधिकार दिएको छ । संशोधित कार्यविधिले राष्ट्र बैंकले निर्धारण गरेको ‘तर बुँदा नं. १, २ र ३ मा उल्लेखित सीमालाई गभर्नरले पुनर्कर्जाको माग, आवश्यकता र औचित्यको आधारमा हेरफेर गर्न सक्नेछ’ भन्ने उल्लेख गरेको छ । यसैगरी कार्यविधिमा कार्यसम्पादन गर्दा कुनै बाधा अड्चन आएमा गभर्नरले फुकाउन सक्ने पनि उल्लेख छ । विशेषाधिकारले अनावश्यक दबाब परेर गभर्नर विवादमा आउन सक्ने भन्दै यसको सदुयोग र द...