काठमाडौं : काठमाडौं महानगरपालिकाले टुकुचा उत्खनन अभियान जारी राखेको छ। सोमबार पनि महानगरपालिकाको टोलीले हात्तीसार–कमलपोखरीको क्षेत्रमा उत्खनन प्रक्रिया जारी राखेको हो। टुकुचा क्षेत्र अतिक्रमित गरेको भन्दै महानगरपालिकाले सम्भावित क्षेत्र पहिचान गरेर उत्खनन जारी राखेको छ। केही दिनअघि जय नेपाल सिनेमा हल परिसरमा महानगरले डोजर चलाएर भूमिगत अवस्थामा रहेको टुकुचा निकालेको थियो। उत्खनन स्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै काठमाडौं महानगर प्रहरी बलका प्रमुख राजु पाण्डेले महानगरपालिकाको आदे