पाँचथर– आज किराँत इतिहासकार इमानसिं चेम्जोङको १ सय १९ औँ जन्मजयन्ती मनाइँदैछ ।
इमानसिं चेम्जोङ किराँत भाषाका विशेषज्ञ र किराँत इतिहासकारका धरोहर हुनुहुन्छ ।
इतिहासकार चेम्जोङको जन्मजयन्तीको अवसरमा पूर्वी पहाडी जिल्ला पाँचथरसँगै ताप्लेजुङ, इलाम, तेह्रथुम, धनकुटा, झापा साथै उपत्यकाका विभिन्न ठाउँमा विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।
आज पठनपाठनमा आएको किराँत भाषा र लिपिको विकास एवम् विस्तारमा उहाँको अतुलनीय योगदान रहेको पाइन्छ । उहाँको तस्बिर चित्राङ्कित हुलाक टिकट प्रकाशन गरी ने...