गलत समयमा विधेयक ल्याएको भन्दै गगन थापाको कटाक्ष

नेपाली कांग्रेस महामन्त्री गगन थापाले प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकालबारे सरकारले ल्याएको विधेयकबारे स्पष्ट जानकारी राख्न नसक्दा संसदप्रति सही धारणा नबनेको बताएका छन् । मंगलबार केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७९ को दफावार छलफलका क्रममा थापाले सही समयमा विधेयक नल्याएकाले विधेयकमार्फत गर्न खोजिएको व्यवस्थाबारे स्पष्ट पार्न नसकिएको बताए ।‘विधेयक प्रस्तुत गर्ने पक्षले जसरी प्रस्तुत गर्नुपर्थ्यो, जसरी विचार निर्माण गर्नुपर्थ्यो त्यो गर्न नसक्दा आज कसरी प्रस्तुत भएको छ बाहिर ? मानौं हाम