पश्चिम नेपालमा इन्टरनेट विस्तार गर्न भायनेट र चाइना कम्युनिकेसनबीच साझेदारी

भायनेट कम्युनिकेसन्स प्रालिले पश्चिम नेपालमा आफ्नो इन्टरनेट सेवा विस्तार गर्न चाइना कम्युनिकेशन सर्भिस नेपालसँग साझेदारी गरेको छ । चाइना कम्युनिकेसन सर्भिसेज (सीसीएस) चाइना टेलिकम्युनिकेसन्स कर्पोरेशनको सहायक कम्पनी हो, जसले विश्वका ३० भन्दा बढी देशहरूमा दूरसञ्चार अपरेटर र सरकारी संस्थाहरूलाई पूर्वाधार र आउटसोर्सिङ सेवाहरू उपलब्ध गराउनेगर्छ ।सीसीएससँग अत्याधुनिक फाइबर पूर्वाधारको डिजाइन, विकास र कार्यान्वयन गर्ने अनुभव रहेको भायानेटले दाबी गरेको छ । यो साझेदारीले भायनेटलाई लुम्बिनी, कर्णाली र सु