काठमाण्डाै – नेपाल पर्यटन बोर्डले पर्यटक प्रहरीको सहयोगमा दुई सय जना पर्यटक सवारी साधनका चालकलाई दुई दिने तालिम दिएको छ ।
पर्यटक ट्याक्सी, बस र रिक्सा चालकहरूलाई कोभिडकाे समयमा सुरक्षित यात्राका लागि अपनाउनुपर्ने विधि, आतिथ्यता, म्याप पढ्ने तरिका, ट्राफिक सचेतनाका विषयमा तालिम दिइएको थियो । यस्तै पाँच सय वटा गाडीमा पर्यटकहरूलाई यात्राका क्रममा चाहिने अत्यावश्यक पर्यटक प्रहरीको नम्बर र नेपाल पर्यटन बोर्डको वेबसाइटको विवरण भएको स्टिकर पनि टाँस्न सुरु भएको छ ।
बोर्डका वरिष्ठ निर्देशक हिकमत सिंह ऐ...