स्वास्थ्यमन्त्री बस्नेतद्वारा केयूको योग तथा प्राकृतिक चिकित्सालय उद्घाटन

काभ्रे । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले काठमाडौं विश्वविद्यायलले स्थापना गरेको योग तथा प्राकृतिक चिकित्सालयको बुधबार एक समारोहबिच उद्घाटन गर्नुभयो । नवौं अन्तर्राष्ट्रिय योग दिवसको अवसर पारेर काठमाडौं विश्वविद्यालयले काभ्रेपलाञ्चोकको चौकोट, पनौती ५ मा योग तथा प्राकृतिक चिकित्सालयको सुभारम्भ गरेको हो । केयूले यसै वर्षदेखि योग बिषयमा स्नातक तह (ब्याचलर अफ योगित साइन्स एण्ड विल […]

सम्बन्धित सामग्री

मनाइयो अन्तर्राष्ट्रिय योग दिवस (फोटोफिचर)

चितवन- जिल्लाका विभिन्न स्थानमा औपचारिक तथा अनौपचारिक कार्यक्रम गरि मंगलबार आठौँ अन्तर्राष्ट्रिय योग दिवस मनाइएको छ । प्राकृतिक चिकित्सालय वागेश्वरीले आयोजना गरेको योग दिवसको कार्यक्रममा योग प्रशिक्षण दिनुका साथै यसको महत्वबारे जानकारी दिइएको थियो । कार्यक्रममा पूर्वशिक्षि मन्त्री गिरीराजमणि पोखरेलको सहभागिता रहेको थियो । जीवनलाई सुखमय र उत्पादनशील बनाउन योगले ठूलो योगदान गर्ने पोखरेलले बताए । योग […]

म्याग्दीमा तातोपानीबाट उपचार गर्ने अस्पताल बन्दै

म्याग्दी । म्याग्दीको सिंगा तातोपानीमा नेपालकै पहिलो ‘पानीबाट उपचार गर्ने अस्पताल’ निर्माण गरिने भएको छ । प्राकृतिक चिकित्सालयका नामले चर्चित बेनी नगरपालिका–४ स्थित तातोपानी कुण्डको पानी प्रयोग गरेर प्राकृतिक चिकित्सा सेवा सञ्चालनको तयारी थालिएको हो ।      तातोपानी कुण्डको व्यवस्थापन, प्रचारप्रसार र विकासका लागि सक्रिय रहेको तातोपानी कुण्ड व्यवस्थापन समितिले प्राकृतिक रूपमै आउने ५० डिग्री सेल्सियस तापक्रमको तातोपानी प्रयोग गरेर जल चिकित्सा, अकुपञ्चर, योग, फिजियो थेरापी, मसाज थेराप सेवासहितको प्राकृतिक चिकित्सालय बनाउन लागिको कुण्ड व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्रमान शाक्यले जानकारी दिए । उनका अनुसार प्राकृतिक अस्पताल निर्माणका लागि गत आर्थिक वर्ष संघीय सरकारबाट प्राप्त ५० लाख र कुण्डको आन्तरिक आम्दानी ५० लाख गरी १ करोड लगानीमा अस्पतालमा आवश्यक पर्ने पूर्वाधार निर्माण गरिएको छ । साथै गत आर्थिक वर्षमै गण्डकी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले उपलब्ध गराएको बजेटबाट प्राकृतिक चिकित्सालयका लागि आवश्यक पर्ने थेरापीका उपकरण खरीद गरिएकोे छ । त्यसैगरी कुण्डको आन्तरिक आम्दानीबाट तलब र सेवासुविधा दिनेगरी एक प्राकृतिक चिकित्सकको व्यवस्था गरिएको छ । चिकित्सालयमा प्रदान गरिने सेवामध्ये मसाज थेरापी तथा योगाभ्यासका लागि तालीमप्राप्त जनशक्तिको आवश्यकता पर्ने भएकाले अहिले तालीम सञ्चालन भइरहेको र दशैंपछि बिरामीको उपचार शुरू गर्ने तयारी गरिएको तातोपानी सामुदायिक प्राकृतिक चिकित्सालयका प्राकृतिक चिकित्सक डा. आयुशा अधिकारीले जानकारी दिइन् । अस्पतालमा तत्कालका लागि फिजियो थेरापिष्ट, मसाज थेरापिष्ट र नर्सिङ स्टाफसहित १५ भन्दा बढी स्वास्थ्यकर्मीको आवश्यक पर्ने उनको भनाइ छ । तातोपानी कुण्ड व्यवस्थापन समितिका सचिव कुमार केसीका अनुसार अहिले तत्कालका लागि पाँच शय्या तयार गरिएको छ । परम्परागत रूपमा तातोपानी कुण्डमा डुबुल्की मारेर उपचार गराउँदै आएका बिरामीलाई विकसित चिकित्सकीय पद्धति र प्रविधिको प्रयोग गरी अत्याधुनिक रूपमा सेवा प्रदान गर्न प्राकृतिक अस्पताल सञ्चालन गर्न लागिएको सचिव केसीको भनाइ छ । अस्पताल सञ्चालनमा आएपछि जलचिकित्सा, योगासन, अकुपञ्चरलगायत विधिबाट बिरामीको उपचार गरिने केसीले बताइन् । म्याग्दी नदीको किनारमा जमीनभित्रबाट बीरेनुनको गन्धमा निस्कने ५० डिग्री सेल्सियस तातोपानी संकलन गरिएको तलाउमा स्नान गरेमा चर्मरोग, बाथरोग, ढाड दुख्ने, सुन्निएको, मर्किएको लगायत समस्या निको हुने विश्वासका साथ यहाँ वर्षेनि हजारौंको संख्यामा मानिस आउँछन् । पछिल्लो समय प्राकृतिक उपचारप्रति सर्वसाधारणको आकर्षण बढ्दै गएपछि जिल्लाका अन्य तातोपानी कुण्डलाई पनि व्यवस्थित गर्न थालिएको छ । म्याग्दीमा साना–ठूला गरी करीब एक दर्जन तातोपानीका कुण्ड छन् । रासस

विश्वास जित्दै प्राकृतिक चिकित्सालय

“खुट्टामा भएको एउटा नसाका कारण खुट्टा लत्रिएको रहेछ, अन्य चिकित्सा विधिबाट उपचार हुँदा निको नै भएन, प्राकृतिक चिकित्सालयमा ४५ दिन बसेर उपचार गराएपछि अहिले ठीक भएको छ”, पोखरेलले भने, “चिकित्सालयमा गरिने उपचार पद्धति, योग, प्रा

वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन स्थलगत अध्ययन

भरतपुरको वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित्व गर्ने बागमती प्रदेशसभा सदस्य विजय सुवेदी, प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछाने र भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज खतिवडा सहितको टोलीले शनिवार भरतपुरको वागीश्वरीमा रहेको योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालय र शारदानगर हेल्थ पोस्टको स्थलगत अध्ययन गरेका हुन् । टोलीले स्थलगत अध्ययन गरी वागीश्वरीमा १०० शय्याको र शारदानगर हेल्थपोष्टमा ३० शय्याको आइसोलेसन केन्द्र ब...

म्याग्दीका प्राकृतिक चिकित्सालय र योग केन्द्र बन्द

गलेश्वर । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोनाको त्रासका कारण प्राकृतिक चिकित्सालयको नामले चिनिएका म्याग्दीका तातोपानी कुण्ड र योग केन्द्रहरु अनिश्चितकालका लागि बन्द गरिएको छ । जिल्लाको बेनी नगरपालिका–४ मा अवस्थित सिंगा तातोपानी कुण्ड बुधबारदेखि बन्द गरिएकोे कुण्ड व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्रमान शाक्यले बताए। म्याग्दीका प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीको अध्यक्षतामा बुधबार जिल्ला प्रशासन कार्यालयमा बसेको […]