प्रशासनको आग्रह बेवास्ता गर्दै मेला महोत्सव

जिल्ला प्रशासन कार्यालय लमजुङको आग्रहलाई लमजुङका सरोकारवालाले बेवास्ता गरेका छन् । प्रशासन कार्यालयले मेला महोत्सव तथा जमघटजस्ता कार्यक्रम आयोजना नगर्न आग्रह गरे पनि सो आग्रहलाई जिल्लाका केही जिम्मेवार निकायले नै अवज्ञा गरेका हुन् । जिल्ला प्रशासन कार्यालय लमजुङले केन्द्रीय परिपत्रअनुसार गत बुधबार अनिश्चित समयसम्म जिल्लामा कुनै पनि मेला महोत्सव, सेमिनार गोष्ठी, वार्षिकोत्सवजस्ता सामूहिक जमघट, भेलालगायतका कार्यक्रम नगर्न तथा नगराउन ह्विप जारी गरेको हो । तर प्रशासनको सूचनालाई बेवास्ता गर्दै जिल्लामा फरक–फरक तीनवटा महोत्सव भएको पाइएको छ ।

सम्बन्धित सामग्री

कास्कीमा मेला महोत्सव नगर्न प्रशासनको आग्रह

२७ पुस, पोखरा । जिल्ला प्रशासन कार्यालय कास्कीले पुनः कोरोना जोखिम बढेको भन्दै निर्धारित कुनै पनि प्रकारका मेला महोत्सव, सभा, सम्मेलन आदि कार्यक्रम स्थगन गर्न सूचना जारी गरेको छ । जिल्ला प्रशासन कास्की प्रमुख जयनारायण आचार्यले मंगलबार सूचना जारी गरी भिडभाडजन्य कार्यक्रम स्थगन गर्न आग्रह गरेको हो । कोरोना तेस्रो लहर त्राससँगै दैनिक संक्रमितको संख्या […]

मेला, महोत्सव, भेला, सम्मेलन स्थगित गर्न कास्की प्रशासनको आग्रह

कास्कीमा स्थानीय स्तरमा भइरहेका मेला, महोत्सव लगायतका कार्यक्रम सञ्चालन नगर्न स्थानीय प्रशासनले आग्रह गरेको छ । कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनको नेपालमा सङ्क्रमण देखिएपछि क्रमशः दिनप्रतिदिन उच्च रूपमा सङ्क्रमण बढेपछि जिल्ला प्रशासन कार्यालय कास्कीले मेला महोत्सव लगायतका कार्यक्रम नगर्न सर्वसाधारणलाई आग्रह गरेको हो ।  प्रशासनले कोभिडको सङ्क्रमण र मृत्युदर बढ्न थाले पछि त्यसलाई बल पुग्ने खालका मेला, महोत्सव लगायतका कार्यक्रम स्थगित गर्न आग्रह गरिएको कास्कीका प्रमुख जिल्ला

भीडभाड हुने कार्य नगर्न भक्तपुर प्रशासनको आग्रह

कोरोना भाइरस (कोभिड–१९) संक्रमण दरमा वृद्धि भएको भन्दै जिल्ला प्रशासन कार्यालय भक्तपुरले मेला, महोत्सव र भीडभाड नगर्न आग्रह गरेको छ । कार्यालयमा बुधबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले भने,‘युरोप र भारतलगायत देशमा कोरोना संक्रमण बढेकाले थप सचेत हुन आवश्यक देखिन्छ ।’

सार्वजनिक जमघट हुने कार्यक्रम नगर्न प्रशासनको आग्रह

कोरोना भाइरसको सम्भावित जोखिमलाई मध्यनजर गर्दै लमजुङ प्रशासनले सार्वजनिक स्थलमा मेला, महोत्सव, खेल गतिविधि र