संघीय निजामती ऐनको माग गर्दै संयुक्त ट्रेड युनियन सञ्जालद्वारा आन्दोलन घोषणा

सत्तारुढ पाँच दल र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) निकट संयुक्त ट्रेड युनियन सञ्जालले संघीय निजामती ऐन तत्काल ल्याउन माग गर्दै आन्दोलन घोषणा गरेको छ । बिहीबार पत्रकार सम्मेलन गर्दै सञ्जालले पहिलो चरणको आन्दोलनले माग सुनुवाई नभएको भन्दै दोस्रो चरणको आन्दोलनको घोषणा गरेको जनाएको हो ।दोस्रो चरणका आन्दोलनबाट पनि सुनुवाई नभए थप शसक्त आन्दोलन गर्ने सञ्जालको चेतावनी छ । पहिलो चरणको आन्दोलन २०७९ भदौ २ गते सम्पन्न गरेको सञ्जालले भदौ ५ गतेदेखि १७ गतेसम्म दोस्रो चरणका कार्यक्रम सार्वजनिक गरेको हो ।दोस्र