पूर्वी अफगानिस्तानको एउटा प्रहरीचौकीमा बन्दुकधारीहरुले बुधबार गरेको आक्रमणमा परी कम्तीमा दुई तालिबान लडाकू र एक सर्वसाधारणको मृत्यु भएको छ । सुरक्षा स्रोत र प्रत्यक्षदर्शीले बताएअनुसार वर्षौंदेखि इस्लामिक स्टेट (आइएस) समूहले अफगानिस्तान मुख्य आधार क्षेत्र बनाउँदै आएको नान्गरहार प्रान्तको जलालाबाद शहरमा तालिबानलाई निशाना बनाएको यो पछिल्लो आक्रमण हो ।रिक्सामा आएका अज्ञात बन्दुकधारीहरुले जलालाबादको घावचक जिल्लाको एक चेकपोस्टमा आक्रमण गरी दुई तालिबान गार्ड र एक सर्वसाधारणको हत्या गरेको प